Comments Add Comment

कुम्मायकमा हाटबजार व्यवस्थापन गर्ने निर्णय

रमेश थापा
पाँचथर
–पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोक बजारमा लाग्ने हटिया व्यवस्थित गर्ने निर्णय गरिएको छ । गाउँपालिकाको कार्यालयमा कार्यवाहक गाउँपालिका अध्यक्ष देबेन्द्रकुमार लावतीको अध्यक्षतामा बसेको सर्वदलिय बैठकले यस्तो निर्णय गरेको हो ।
बजारमा ५, १५ र २५ गते लाग्ने हटिया ब्यवस्थापन गर्न छुट्टा छुट्टै तोकेको छ ।

जस अनुसार लावतीको शालिक स्थीत बाटोको दाँयाँ र बाँया कृषिजन्य सामाग्री राख्ने र अन्य व्यावसाय गाउँपालिकाको भवन छेउको स्थानमा राख्ने सर्वदलिय र सर्वपक्षिय निर्णय गरिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष देबेन्द्रकुमार लावतीले बताए । गाउँपालिकामा बाह्य क्षेत्रबाट आउने व्यवसायीहरुको संख्या बढेपछि हाटबजार अस्तव्यस्त भएको भन्दै गाउँपालिकाले  बजार व्यावस्थापनमा चासो दिएको हो ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ