रमेश थापा
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिका वडा न. ५ का निर्वतमान वडाअध्यक्ष यामबहादुर बोहोराले वृक्षरोपण गरेका छन। उनले आफ्नो व्यक्तिगत लगानीमा कुम्मायक–१ को यासोक बजार स्थीत सार्वजनिक शौचालय र सडक छेउमा फलफुलका बिरुवा साथै फुलहरुको रोपेका छन। बोहोराले व्यक्तिगत पहलमा सार्वजनिक शौचालयको कम्पाउण्ड सरसफाई गरी फलफुलका बिरुवा रोपेका छन।
त्यस्तै बजारको प्रहरी बिटदेखि इलाका प्रहरी कार्यालयसम्मको सडकछेउमा सरसफाई गरी फलफुलका बिरुवा रोपेका छन। उनले बिभिन्न प्रजातिका फलफुलका बिरुवा रोपेका छन। बजारको सुन्दरतालाई कायम राख्न आफुले निश्वार्थ रुपमा वृक्षारोपण गरेको बोहोराको भनाइ छ।

यता निश्वार्थ रुपमा वृक्षारोपण गरी योगदान दिएको भन्दै वडा नं १ को कार्यालय यासोकले धन्यवाद ज्ञापन गरेको छ। यासोक बजार व्यवस्थापन र सरसफाई सम्बन्धि बसेको जनप्रतिनिध र सरोकारवालाहरुको बैठकका बीच वडा कार्यालयले बोहोराको कामको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेको वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले बताए। बोहोरा २०७४ सालको पहिलो स्थानीय तहको निर्वाचनमा कुम्मायक–५ को वडाअध्यक्षमा निर्वाचित भएका थिए।
.jpg)
कुम्मायक तथा देश बिदेशका थप गतिबिधिको निरन्तर जानकारी लिन तलको Youtube Channel Subscribe गर्हुहुन अनुरोध छ ।
.png)