Comments Add Comment

अन्तर्राष्ट्रिय श्रमिक दिवसमा मजदुरका पीडा (फोटो फिचर)

काठमाडौं, १८ वैशाख । विश्वभर सोमबार अन्तर्राष्ट्रिय श्रमिक दिवस  मनाइँदै छ । नेपालले पनि मनाइरहेको छ । सोमबार बिहानै राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेतादेखि सर्वसाधारण सबैले श्रमिक दिवसको अवसरमा मजदुरको पक्षमा शुभकामना दिएका छन् । 


तर, मजदुरलाई भने यसले कुनै प्रभाव पारेको देखिँदैन । दैनिक मजदुरी गरेर बिहान बेलुकाको छाक टार्ने मजदुरलाई विश्वभर मनाइरहेको श्रमिक दिवसले छोएको छैन । 

काठमाडौंमा केही दिनयता झरी परेको छ । सोही झरीमा रुझ्दै श्रमिक आफ्नो कर्ममा सोमबार बिहानैबाट खटिएका छन् । जसलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसले छोएको छैन । 

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार सरकारले सार्वजनिक बिदा पनि दिएको छ । तर, अधिकांश निजी क्षेत्रमा काम गर्ने कर्मचारी र संस्थागतविहीन मजदुर भने सोमबार पनि अतिरिक्त सुविधाविना नै काम खटिएका छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ