Comments Add Comment

नेपालमा चार जना कोरोना संक्रमित थपिए

काठमाडौं, १७ जेठ

नेपालमा पछिल्लो २४ घण्टामा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार गत २४ घण्टामा गरिएको ७४० वटा नमुना परीक्षणमा जम्मा चार जना कोरोना संक्रमित भेटिएका हुन्। सोही समयमा चार जना संक्रमण मुक्त भएका छन् ।

दैनिक संक्रमण घट्दै गएको समयमा नेपालमा कोभिडका सक्रिय संक्रमित पनि घट्दै गएका छन् । हाल देशभर जम्मा २२ जना कोभिडका सक्रिय संक्रमित रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ