रमेश थापा
पाँचथर: पाँंचथरको कुम्मायक गाउँपालिकाका क्यानसर पीडित बीर बहादुर तामाङलाई उपचारको लागि आर्थिक सहयोग गरिएको छ। कुम्मायक–५ साविक स्याबरुम्बा २ निगाले निबासी वीर बहादुर तामाङलाई ४२ हजार ५०० रुपैयाँ आर्थिक सयहोग गरिएको हो। आर्थिक अवस्था कमजोर भएका तामाङको जिब्रोमा क्यान्सर भएपछि उपचारको लागि आर्थिक सहयोग संकलन गरी तिनजुरे मिडिया ग्रुपले सहयोग गरेको हो।
मिडिया ग्रुपले देश विदेशबाट रकम संकलन गरी तामाङको उपचारमा राहत मिल्ने उदेश्यले सहयोग गरिएको मिडिया ग्रुपका अध्यक्ष देव बास्कोटाले बताए। लामो समयदेखि ओछ्यानमै थलिएका तामाङको उपचारको लागि केही सहयोग गर्ने उदेश्यले रकम संकलन गरी आर्थिक सहयोग गरिएको मिडिया ग्रुपले जनाएको छ ।
.png)