दिपक दुलाल फागुन ९
पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं. १ स्थित सिद्धदेवी माध्यमिक विद्यालय,नवमीडाँडामा विद्यालय व्यवस्थापन समितिको पुनर्गठन गरिएको छ।
विद्यालयमा बसेको अभिभावकहरुको भेलाले चन्द्रराज(सि.आर.) आङ्देम्बेको अध्यक्षतामा ९ सदस्यिय विद्यालय व्यवस्थापन समिति सर्वसहमत चयन गरेको हो।
समितिका अन्य सदस्यहरुमा खगेन्द्र आङ्देम्बे,राधिका चापागाईं,झुमा नेपाली,गोपीकृष्ण आङ्देम्बे र टीकाराज आङ्देम्बे चयन हुनुभएको छ। यसैगरी जननिर्वाचित प्रतिनिधिबाट वडाध्यक्ष होम प्रसाद आङ्देम्बे,शिक्षक प्रतिनिधी बुनु लावती तथा सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक वीरेन्द्र कुमार खड्का रहनुभएको विद्यालयले जनाएको छ ।
अभिभावकहरुको सोहि भेलाले शेर बहादुर सारु मगरको अध्यक्षतामा ११ सदस्यिय शिक्षक अभिभावक संघ समेत सर्वसहमत चयन गरिएको छ। समितिका अन्य सदस्यहरुमा भीम हुमागाईं, शैलेन्द्र आङ्देम्बे,मनु आङ्देम्बे,सिता आङ्देम्बे,ठाकुर ढुङ्गेल,विश्व प्रकाश पाण्डे,डम्बर माया विश्वकर्मा,कुमारी जवेगु,मन कुमारी आङ्देम्बे र रमेश आचार्य रहनुभएको छ।
.jpg)
.png)