Comments Add Comment

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, ३ फागुन 

नेपाली बजारमा बुधबार सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार पनि सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ घटेको थियो । मंगलबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । 

यसैगरी, बुधबार तेजाबी सुन प्रतितोला १ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार भने तेजाबी सुन प्रतितोला १ लाख ३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो। बुधबार चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा किनबेच भएको थियो।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ