खनाल बिन्दु ,२३ पौष,
काठमाण्डौँ-काठमाण्डौँ उपत्यकामा रहेका पाँचथरेहरुको सामाजिक संस्था पाँचथर समाज नेपालले पाँचथर जिल्लाबाट प्रत्यक्ष र समानुपातिक तर्फबाट निर्वाचित साँसदहरुलाई सम्मान तथा बधाई ज्ञापन कार्यक्रम सम्पन्न गरेको छ !
समाजको १२ अैाँ बार्षिक साधारण सभामा जिल्लाबाट प्रत्यक्ष तर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङ, प्रदेशसभा सदस्य कमल प्रसाद जबेगु र समानुपातिक तर्फबाट निर्वाचित प्रेमराज थाम्सुहाङ्लाई कार्यक्रमका प्रमुख अतिथी प्राज्ञ तिलबिक्रम नेम्वाङ बैरागी काहिँलाले सम्मानपत्र ग्रहण गरी सम्मान गरेका थिए।
कार्यक्रममा अनुपस्थित समाजकी उपाध्यक्ष तथा समानुपातिक तर्फका प्रदेशसभा सदस्य मैयाँ श्रेष्ठ लावतीको सम्मान पत्र वहाँकी छोरीले ग्रहण गर्नु भएको थियो। प्रत्यक्षबाट निर्वाचित प्रदेशसभा सदस्य ईन्द्रबहादुर आङ्वो मौसम कार्यक्रममा उपस्थिति थिएनन् ! सो कार्यक्रममा प्रतिनिधि सभामा पराजित समाजका संरक्षक भिष्मराज आङ्देम्वेले स्वयं उपस्थित भएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित बसन्तकुमार नेम्वाङ सहितलाई सम्मान तथा बधाई दिनु भएको थियो ! आङ्देम्बेले कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लाको बिकास निर्माण र समृद्धिमा लाग्ने प्रतिबध्दता ब्यक्त गर्नुभएको छ !
प्राज्ञ बैरागी काहिलाको प्रमुख आतिथ्यता र अध्यक्ष होमकुमार लावतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक,संरक्षक ज्येष्ठ नागरिक सहितलाई सम्मान गरिनुका साथै आजीवन सदस्यहरुलाई प्रमाणपत्र समेत दिईएको थियो ! पाँचथर कलाकार मञ्चका कलाकारहरुको सांगितिक प्रस्तुति रहेको सो साधारण सभामा दिलबहादुर लावतीले कार्यालय भवन निर्माणका लागि ललितपुरमा ४ आना जग्गा निशुल्क प्रदान गर्ने र विभिन्न ब्यक्तिहरुबाट प्राप्त ३ लाख रुपैयाको छात्रवृत्ति अक्षय कोष स्थापनाको घोषणा समेत भएको छ !

कार्यक्रममा गत आ.व. को आर्थिक र संगठनिक प्रतिबेदन तथा संस्थाका गतिविधीहरु पारित गरिएको थियो !
.png)