रमेश थापा
पाँचथरः पाँचथरको कुम्मायक गाउँपालिकामा जारी कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकपको फाइनमा रेड हर्स फुटवल क्लव इलाम प्रवेस गरेको छ। बिहिवार पृथ्वी मा.वि.को खेलमैदानमा भएको पहिलो सेमिफाइनल खेलमा आयोजक यलम्बर युवा सस्थालाई ३–१ को अन्तरले हराउदै फाइनलको यात्रा पक्का गरेको हो।
खेलको उत्तराद्र्धको ५१ र ६४ औं मिनेटमा इलामका अर्जुन गुरुङले गोल गरे। आयोजक माथी हावी भएको रेड हर्स इलामका शिशिर लेखीले खेलको ५७ औ मिनेटमा फ्रिकिकबाट तेस्रो गोल गरे। आयोजक यलम्बर युवा संस्थाको तर्फबाट खेलको ४८ औं मिनेटमा दिल सम्बाहाम्फेले सान्तवना गोल गरेका थिए। खेलमा फर्कन गरेका केही महत्वर्पूण अवसर गुमाउदा आयोजक सेमिफाइनबाटै बाहिरियो। खेलको म्यान अफ द म्याच इलामका अर्जुन गुरुङ घोषित हुदै नगद पाँच हजार र ट्रफि हात पारे। त्यसरी नै फ्यान अफ दि म्याच कुम्मायक-१, की अनिसा पोख्रेल भएकि थिईन उनले नगद पुरस्कार पन्ध्र सय प्राप्त गरेकी छन् ।
शुत्रवार हुने दोस्रो सेमिफाइन खेल पाँचथर F.C. पाँचथर र दमक ऐकेडेमी झापा बीच हुने अयोजक संस्थाका अध्यक्ष भिमनारेन लावतीले जनाए। प्रतियोगिताको बिजेताले टिमले नगद ३ लाख ५५ हजार ५ सय ५५ रुपैँया र उपबिजेता टिमले नगद १ लाख ७७ हजार ७ सय ७७ रुपैँया प्राप्त गर्ने आयोजकले जनाएको छ।
.png)