Comments Add Comment

कुम्मायक कुसायक त्रिशाली गोल्डकप- धरानलाई हराउदै आयोजक सेमिफाइनमा

रमेश थापा
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिकामा संचालन भएको कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकपको सेमिफाइनमा आयोजक यलम्बर युवा संस्था प्रवेश गरेको छ। आइतबार पृथ्वी मा.वि.को खेलमैदानमा भएको पहिलो चरणको खेलमा धरान फुटबल क्लब धरानलाई १–४ फराकिलो गोल अन्तरले हराउँदै आयोजक यलम्बर युवा संस्था सेमिफाइनमा प्रवेश गरेको हो। आयोजकको जीतको लागि दिल सम्बाहाम्फेले ४ गोल गरेका थिए। भने धरानको तर्फबाट अन्तिम समयमा तपन कार्कीले सान्तवना गोल फर्काएका थिए। 

धरान विरुद्ध खेलको ११ र २७ औं मिनेटमा डिफेन्सको कमजोरीलाई सदुपयोग गर्दै आयोजकका दिल सम्बाहाम्फेले २ गोल गरेका थिए। त्यस्तै दोस्रो आफको ४४ र ५७ औं मिनेमा सम्बाहाम्फेले थप २ गोल गर्दै अंक दोब्बर बनाएका थिए। धरानको तर्फबाट अतिरिक्त समयमा तपन कार्कीले सान्तवना गोल फर्काएका थिए। खेलको उत्कृष्ट खेलाडी आयोजकका दिल सम्बाहाम्फे घोषित हुदै नगद सहित ट्रफि हात पारे।  
प्रतियोगिताको बिजेताले टिमले नगद ३ लाख ५५ हजार ५ सय ५५ रुपैँया र उपबिजेता टिमले नगद १ लाख ७७ हजार ७ सय ७७ रुपैँया प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रत्येक खेलको म्यान अफ दी म्याचलाई ५ हजार, वेस्ट डिफेण्डर, वेस्ट किपर, सर्बोत्कृष्ट खेलाडी र सार्वाधिक गोलकर्तालाई जनही ८ हजारको दरले पुरस्कार प्रदान गर्ने र वेस्ट कोचलाई ५ हजार साथै प्रत्येक दिनको फ्यान अफ दी म्याचलाई समेत एक हजार रुपैँयाको दरले पुरस्कार प्रदान गर्ने अयोजक संस्थाका अध्यक्ष भिमनारेन लावतीले जनाए। बैशाख २३ गतेसम्म संचालन हुने प्रतियोगितामा आयोजक यलम्बर युवा क्लव सहित ८ टिमको सहभागी रहने छ।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ