Comments Add Comment

खाल्डे माविका बिपन्न विद्यार्थीलाई छात्रवृति

रमेश थापा 
पाँचथर: पाँचथरको कुम्मायक–१ स्थीत खाल्डे माविका बिपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गरिएको छ। स्व.खम्बसिं पौडेल स्मृति अक्षयकोषको १ लाख ५१ हजारको बार्षिक ब्याज रकमबाट विद्यालयका दश जना विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिएको हो। विद्यालयको ६३ औं स्थापना दिवसको अवसर पारेर अक्षयकोषको बार्षिक ब्याजदर १८ हजार रकमबाट विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा अक्षयकोषदाता टंक पौडेलले जनाए। 
आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुको पठनपाठनमा सहयोग पु¥याउने उदेश्यले विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गरिएको पौडेलको भनाइ छ। त्यस्तै सोही कार्यक्रममा विद्यालयकी शिक्षक रिता निरौलाले आफ्नो जन्मदिनको अवसरमा ९ जना विद्यार्थीलाई ६ हजार ३०० मुल्यको स्कुल ब्याग वितरण गरेकी छन्। उनले विद्यालयका बालबालिकाहरुलाई पाठ्यपुस्तक बोक्नको लागि स्कुल ब्याग झोला बितरण गरेकी हुन ।
छात्रवृति वितरण कार्यक्रमका प्रमुख अथिति कुम्मायक–१ का वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले अक्षयकोषदाताले विद्यालयको शैक्षिक क्षेत्रमा ठुलो सहयोग गरेको बताए। उनले वडा कार्यालयले पनि विद्यालयमा ५ लाख रुपैयाँसम्मको सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए। वडाले अक्षयकोषदाता खोज्ने त्यो सम्भव नभए वडाले रकम सहयोग गर्ने लावतीले प्रतिवद्धता जनाएका थिए ।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ