पदम सुखी सम्बाहाम्फे
पाँचथर- किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा पान्थरको आयोजनामा आज ऐतिहासिक स्थान सेहोनाम्लाङ मिक्लाजुङ र फाल्गुनन्द गाउपालिकाको सिमानामा ताम्भुङ्चा कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ येले यान्जिरी ५०८२ पात्रोको समेत बिमोचन भएको सो ताम्भुङ्चा कार्यक्रममा सेहोनाम्लाङ अर्थात छालासुक्वा स्थानको बारेमा मलिसा याक्थुङ्बा द्वारा उक्त कार्यक्रमको कार्यपत्र प्रस्तुत गरिएको थियो । याक्थुङ अर्थात आदिवासी जनजाति समुदायको पौराणिक कथन अनुसार माघ महिनामा चापफुल फुलेको बेला अर्थात माघ १ गतेलाइ सम्बत फेरिने बिश्वास मानिएको छ । सो कार्यपत्रमा नाम्सामी केसामी आमाको बहुनाम, आख्यानमा सेहोनाम्लाङ बर्णन , तिङ्गेन्जोङना नाम्सामी र केसामी काल , सेहोनाम्लाङ स्थान सङ्गैका सम्पदा र सभ्यताका क्षेत्रहरु यसैगरी बैज्ञानिक परिक्षणको खाचो र प्राकृतिक एवं सास्कृतिक सम्पदा सेहोनाम्लाङ सङ्गैका सभ्यताहरु र मिथकको एकरुपता अनि तिङ्गेनजङ्ना नाम्सामी केसामी काल सेहोनाम्लाङ सङ्गैका सम्पदा साथै सभ्यताका क्षेत्रहरु र सास्कृतिक सम्पदा सभ्यता संरक्षणका उपायहरु बारे बृहत बहस पनि गरिएको थियो । जहाँ ऐतिहासिक स्थल त्यहाँ बहस र छलफल भन्ने मुल नाराका साथ सम्पन्न भएको सो ताम्भुङचा कार्यक्रममा किरात याक्थुङ चुम्लुङ पान्थर शाखाका विभिन्न ब्याक्तित्व हरुको उपस्थिति रहेकोे थियो ।

यस सेहोनाम्लाङ अर्थात छालासुक्वा क्षेत्रमा २५ वटा देवीदेवतालाइ पुजिने जनबिस्वास रहेको कुरा मिक्लाजुङ स्यावा निबासी गोबिन्द प्रसाद आङ्देम्बेको भनाइ रहेको छ । मुन्धुममा बर्णित सेहोनाम्लाङको बारे पुर्ब मन्त्री श्री प्रसाद जबेगु जसपा जिल्ला अध्यक्ष लक्ष्मण लावती, मलिसा याक्थुङ्बा, गणेश चेम्जोङ, कर्ण लावती लगायतले लिम्बु समुदायको सास्कृतिक संस्कार जीबन शैलि र इतिहास सेहोनाम्लाङको कथन सङ्ग मेल खाएको भनाइ थियो । कार्यक्रममा के: लाङ , धाननाच समेत भएको थियो ।

.png)