Comments Add Comment

महेन्द्रोदय माविमा नौं लाख बढिको अक्षयकोष

रमेश थापा
पाँचथरको कुम्मायक–५ स्थीत महेन्द्रोदय माविमा  ९ लाख ७२ हजार २२२ रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ। विद्यालय स्थापनाकालदेखि हालसम्म सो ९ लाख ७२ हजार २२२ रुपैयाँको अक्षयकोष स्थापना भएको हो। विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उदेश्यले अक्षयकोष स्थापना गरिएको हो। विद्यालयमा सबै भन्दा बढि टेकनाथ र भिमादेवी स्मृति अक्षयकोष स्थापना गरिएको छ। ऋषि रिजालले परिवारको स्मृतिमा ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन । अक्षयकोषको ब्याजद्धरबाट एस.ई.ई.को परिक्षा तयारी गर्ने कक्षा १० का विद्यार्थीहरुलाई तीन महिनासम्म अंग्रेजी, गणित र विज्ञान बिषयमा टिउसन कक्षा संचालन गर्नुपर्ने उल्लेख छ। सोही सर्त अनुसार रिजाल परिवारले अक्षयकोष स्थापना गरेका हुन। आफुले अध्यायन गरेको विद्यालयको शैक्षिक क्षेत्रको विकास गर्ने उदेश्यले निस्वार्थ रुपमा परिवारले सहयोग गरेको रिजाल परिवारको भनाइ छ।
त्यस्तै दोश्रो ठुलो अक्षयकोष स्व.टीकाराज चेम्जोङ  (तिजोङ) स्मृतिमा २ लाख २ हजार २२२ रुपैयाँ अक्षयकोष स्थापना गरिएको छ। चेम्जोङ परिवारले परिवारको स्मृतिमा उक्त अक्षयकोष स्थापना गरेको बताएका छन। अक्षयकोषको ब्याजदरबाट कक्षा आठको अन्तिम परिक्षामा ३.२ जिपिए भन्दा बढि अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्ने अक्षयकोषदाता लालहाङ चेम्जोङले जनाए। त्यसैगरी विद्यालयमा पाँचथर सम्पर्क मञ्च दोहा कतारबाट १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ। पूर्व विद्यार्थी समेत रहेका जितेन भण्डारीको सकृयतामा १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको विद्यालयले जनाएको छ। अक्षयकोषको बार्षिक ब्याजदरबाट विद्यालयका प्रतिभासाली, जेहेन्दार विद्यार्थीहरुको छनोट गरी छात्रवृति प्रदान गरिने विद्यालयका प्र.अ राजेन्द्र बुढाथोकीले बताए। अक्षयकोष स्थापनाकै क्रममा ६५ हजार रुपैयाँको डोलेश्वर स्मृति अक्षयकोष स्थापना गरिएको छ। त्यसैगरी ५० हजार रुपैयाँको स्व.आसमायाँ स्मृति अक्षयकोष पनि स्थापना गरिएको छ। जस्को बार्षिक ब्याजदरबाट अनाथ विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्ने अक्षयकोषदाताहरुले जनाएका छन। विद्यालयका अवकास प्राप्त प्र.अ मदनकुमार बोहोराले पनि ३० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन। उनले विद्यालयबाट एसइइमा उकृष्ट अंक ल्याउने २ जना विद्यार्थीलाई पुरस्कृत गर्ने उदेश्यले अक्षयकोष स्थापना गरेको बताएका छन। त्यसैगरी विद्यालयका पूर्व शिक्षक रुद्र बहादुर सोडारीले १५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन। अक्षयकोषको बार्षिक व्याजदरबाट विद्यालय प्रथम विद्यार्थीलाई पुरस्कार प्रदान गर्ने जनाएका छन। विद्यायलयमा एकपछि अर्को गर्दै अक्षयकोष स्थापना गर्नेको संख्या बढ्दै गएको छ। विद्यालयमा स्थापना भएको अक्षयकोषको रकमले शैक्षिक गुणस्तर सुधारमा ठुलो सहयोग गरेको विद्यालयका प्र.अ राजेन्द्र बुढाथोकीको भनाइ छ। अक्षयकोष वृद्धिका लागि विद्यालयले दाताहरुको खोजी गर्ने काम गर्दै आएको विद्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ