सुवाश राई, फालेलुङ
तेह्रथुम जिल्ला आठराइ गाउँपालिका वडा नम्बर ७ मरसाङवाडीकी एकल महिला बिवरानी कन्दङ्वा लिम्बूले नयाँ घर पाएकी छिन्। जिर्ण अवस्थामा रहेको छाप्रोमा कष्टकर जीवन यापन गर्दै आएकी ८० वर्षकी कन्दङवाले बिहिवार नयाँ घरमा सरेकि छिन्। आठराई गाउपालिका वडा नम्बर २ हाल दक्षिण कोरियामा रोजगारको क्रममा जानुभएका सुमन हाङ्स्रोङको आर्थिक सहयोगमा घर निर्माण भएको समाजसेवी भुवन किशोर इङ्नामले जानकारी दिए।
ढुङ्गामाटो र खरले छाएको छाप्रो ढल्न लागेपछि समाजसेवी तथा पत्रकार तुल्सीराम घमलाले सहयोगको लागि सामाजिकसंजालमा भिडियो सार्बजनिक गरेका थिए । त्यसपछि समाजसेवी हाङ्श्रोङको ७२ हजार ३ सय ५० रुपैयाँ बराबरको सहयोगमा नयाँ घर निर्माण गरिएको हो। कङ्दङवाले तीन वटा बाख्रा पालेकी छिन्। ऊनी राम्रोसँगले आँखा पनि देख्न सक्दिनन् भने घरमा बिजुली बत्ती, सोलार र शौचालय समेत छैन्। स्थानीय सरकारले खासै चासो नगरेको त्यहाँका स्थानीय अबिनारण पराजुलीले जानकारी बताउछन्। कङ्दङवालाई समाजसेवी कन्चन श्रेष्ठले लत्ताकपडा लगायत खानेकुरा ल्यांइदिएका थिए। कन्दङवा यतिराम्रो नयाँ घरमा सर्न पाउँदा भाबुक हुँदै खुशी भइन। उनले भने "मलाई यति राम्रो घर बनाइदिएको छ यो घर बनाइदिने मान्छे त देखेको छैन उहाँलाई धेरै धेरै धन्यवाद भगवानले रक्षा गरुन्" धन्यवाद । हाङ्श्रोङले योभन्दा पहिला पनि छातेढुङगाकी एकल महिला चमेली कन्दङवाको घर निर्माण गरिदिएका थिए। आठराईमा आगलागी हुँदा घर जलेका पीडितहरुलाई पनि आर्थिक सहयोग गरेको थिए। उनको वडामा बिजुली बत्ति बाल्न नसक्ने ती गरीबको घरमा पनि नि:शुल्क मिटरबक्स राखेर सहयोग गरेको समाजसेवी हाङ्श्रोङका छिमेकी अमर बिशुङ्खेले बताए।

.png)