Comments Add Comment

पाँचौ कुम्मायक गोल्डकपको उपाधि कुम्मायकलाई

रमेश थापा
पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिकामा जारी पाँचौ कुम्मायक गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कुम्मायक गाउँपालिकाले हात पारेको छ। पृथ्वी माविको खेल मैदानमा भएको फाइनल खेलमा फालेलुङ गाउँपालिकालाई १–० को अन्तरले हराउँदै कुम्मायकले उपाधि हात पारेको हो ।
कुम्मायकको जितको लागि दोस्रो हाफको १८ औं मिनेटमा लोकेन्द्र थापाको पासलाई सदुपयोग गर्दै दिल सम्बाहाफेले गोल गरेका थिए। उनले गरेको गोल नै निर्णायक भएपछि कुम्मायकले उपाधि हात पारेको थियो। फालेलुङले खेलमा फर्कन अन्तिम समयसम्म गरेको प्रयास बिफल भएपछि उपविजेतामा चित्त बुझायो। प्रतियोगिताको बिजेता कुम्मायकले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ। त्यस्तै उपविजेता भएको फालेलुङले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो।
प्रतियोगिताको म्याद अफ दि म्याच कुम्मायकका दिल सम्बाहाम्फे घोषित भए। त्यस्तै सर्वोत्कृष्ट खेलाडीको रुपमा फालेलुङका मदन जबेगु घोषित हुदै नगद १५ हजार ट्रफि हात पारे। प्रतियोगिताको बेष्ट किपर कुम्मायकका कृष्ण क्षेत्री, हाइस्कोलर दिल सम्बाहाम्फे, बेष्ट फरर्वाड लोकेन्द्र थापा, मिडफिल्डर हेमन्त दर्नाल, डिफेन्डर दिप्सन लावती, राइजिङस्टार अन्जान मिफोक घोषित हुदै नगद, ट्रफि हात पारे।
चैत्र ११ गतेदेखि संचालन भएको प्रतियोगिता १५ गतेसम्म संचालन भएको थियो। प्रतियोगितामा पाँचथरका सात स्थानीय तहको सहभागिता रहेको आयोजक कुम्मायक स्पोर्टिङ क्लवका अध्यक्ष खेमराज निरौलाले बताए।

http://biswasanchar.com 
 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ