रमेश थापा
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिका–३ सेपेनीको वडा कार्यालयले जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण गरेको छ। गाउँपालिकाको हिउँदे सभामार्फत बिनियोजित बजेट मार्फत ७० वर्ष माथिका १५० जना जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण गरेको हो। वडाको चालु आर्थिक वर्ष २०८०/०८१ को २ लाख बजेटबाट वडामा छनोटमा परेका १५० जेष्ठ नागरिकलाई फाईबरको सिरक बितरण गरेको वडाअध्यक्ष बाबुराम कार्कीले बताए।
वडाले न्यानो कपडा बितरण शिर्षक अन्तरर्गतको रकमबाट फाईबर सिरक वितरण गर्ने निर्णय माघ २३ मा गरेको थियो। सोही निर्णय बमोजिम माघ २६ मा वडाकामा स्थायी बसोबास आएका जेष्ठ नागरिकको छनोट गरी न्यानो कपडा बितरण गरिएको वडा कार्यालयले जनाएको छ।





.png)