रमेश थापा
पाँचथर— पाँचथरको कुम्मायक गाउँपालिका—३ रानीगाउँ स्थीत हात्तिपोखरी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्कुल ब्याग बितरण गरिएको छ । कुम्मायक–१ यासोकका समाजसेवी खेमराज निरौलाले आफ्नो ३९ औं जन्म दिनको अवसर पारेर ३४ जना विद्यार्थीलाई स्कुल ब्याग वितरण गर्नुभएको हो । विद्यालयमा आयोजित एक कार्यक्रमका बीच निरौलाले २० हजार मुल्यको ३४ थान स्कुल ब्याग बितरण गरेको बताउनु भयो ।
जन्मदिन मनाउँन ठुलो खर्च गरी पाटी खाने, उत्सव मनाउने जस्ता परम्पराले समुदायमा नकरात्मक सन्देश दिएको भन्दै आफुले बिगतदेखि जन्मदिनको अवसरमा पुण्यको काम गर्दै आएको उहाँको भनाइ छ । गत वर्ष पनि उहाँले कुम्मायक—१ ओखलढुङगा आधारभूत विद्यालयका ४५ जना विद्यार्थीलाई स्कुल ब्याग वितरण गरी ३८ औं जन्मदिन मनाउँनु भएको थियो ।
.png)