Comments Add Comment

गुडविल फाइनान्सको आज साधारण सभा, सेयरधनीहरुको हात खाली

काठमाडौ, १५ माघ । गुडविल फाइनान्सको साधारण सभा सोमबार बिहान ११ बजे बस्दैछ ।

यसअघि स्थगित भएको सभा आज गुडविल कम्प्लेक्स हात्तिसार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

कम्पनीले गत आर्थिक वर्ष २०७९-८० को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने जनाएको छ ।जसकारण सेयरधनीहरुको हात खाली हुने छ । कम्पनीले पुस १८ गते बुक क्लोज गरिसकेको छ ।

तसर्थ, पुस १७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ