Comments Add Comment

विद्यालयले गर्‍यो अक्षकोषदातालाई सम्मान

रमेश थापा
पाँचथर: 
पाँचथरको कुम्मायक गाउँपालिकाको पृथ्वी माध्यमिक विद्यालयले अक्षकोषदातालाई सम्मान गरेको छ। विद्यालयमा आयोजित एक कार्यक्रमका बीच अक्षयकोषदाता धिरेन्द्र र बिक्रम लिम्बूलाई प्रशंसापत्र सहित खादा ओढाएर सम्मान गरेको हो। कुम्मायक–४ रानीगाउँ जन्म घर भई हाल अमेरीका बस्ने धिरेन्द लिम्बूको परिवारको स्मृतिमा विद्यालयमा ६ लाखको अक्षयकोष स्थापाना गरेको थियो।

आमा जानुका सुब्बा सम्बाहाम्फेको स्मृतिमा छोरा धिरेन्द्र लिम्बू, विक्रम आङ्देम्बे र छोरी आशा सुब्बाले सयुक्त रुपमा “स्व.जानुका सुब्बा सम्बाहाम्फे” अक्षयकोष स्थापना गरेका हुन। आमाको स्मृतिमा अक्षयकोष स्थापना गरी शैक्षिक गुणस्तर सुधारको क्षेत्रमा महत्वपूर्ण सहयोग गरेको भन्दै विद्यालयले सम्मान गरेको व्यवस्थापन समिति अध्यक्ष तथा कुम्मायक–१ का वडाअध्यक्ष देबेन्द्र कुमार लावतीले बताए ।

“विद्यालयमा अहिलेसम्मकै ठुलो अक्षयकोष स्थापना भएको छ। उनले भने् वार्षिक व्याजदरले कक्षा १० को एस.इ.ई परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्रा र छात्र गरी दुई जना  त्यस्तै कक्षा १२ को एस.एल.सी परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्रा र छात्र दुई गरी वार्षिक ४ जना विद्यार्थीलाई पुरस्कृत गर्ने लिम्बू परिवारको योग्दानलाई कहिलै भुल्दैनौं ।”
यता अक्षयकोषदाता धीरेन्द्र लिम्बूले आफुले २०२९ सालमा एस.एल.सी पास गरेको विद्यालयमा अध्यायन गर्ने विद्यार्थीहरुको भविष्य उज्वल होस् भन्दै सहयोग गरेको बताए। उनले आवश्यकता अनुसार अक्षयकोष रकमलाई थप गर्न सकिने समेत जनाए।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ