Comments Add Comment

फाल्गुनन्द गाउँपालिका वडा नं.१,नवमीडाँडामा सार्वजानिक सुनुवाइ कार्यक्रम सम्पन्न

दिपक दुलाल,मंसिर १५
पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१,नवमीडाँडामा आज सार्वजानिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। 
आर्थिक वर्ष २०७९÷०८० र चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा  फाल्गुनन्द १,नवमीडाँडामा सञ्चालन भएका योजना तथा कार्यक्रमहरुको सार्वजानिक सुनुवाई गरिएको हो।

सार्वजानिक सुनुवाइमा योजना तथा कार्यक्रम सञ्चालन गर्दा आइपरेका समस्या तथा अप्ठ्याराहरु र वडा तथा गाउँपालिकाबाट प्रदान गरिने सेवा प्रवाह लगायत चित्त नबुझेका विषयहरुमा सरोकारवाला स्थानियले प्रश्नहरु तथा गुनासाहरु राखेका थिए।
फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बे,प्रमूख प्रशासकिय अधिकृत निर्मल तुम्रोक, योजना शाखा प्रमूख निर्मल अधिकारी तथा गाउँपालिकाका विषयगत शाखाका प्रमूखहरुले छलफलमा उठेका प्रश्न तथा गुनासोहरुको जवाफ दिनुभएको थियो ।
कार्यक्रममा योजना सञ्चालन उपभोक्ता समितिका पदाधिकारीहरु,स्थानिय जननिर्वाचित प्रतिनिधीहरु, समाजसेवी,बुद्धिजिवी लगायत उक्त वडाका सरोकारवालाहरुको उपस्थिती रहेको थियो।
फाल्गुनन्द गाउँपालिका र  १ नं. वडा कार्यालयले आयोजना गरेको कार्यक्रमको सहजीकरण  रेडियो मितेरी ९८.२ मेगाहर्जका अध्यक्ष लक्ष्मी गौतम र स्टेशन म्यानेजर खबिन लुइँटेलले गर्नुभएको थियो।
कार्यक्रम फाल्गुनन्द गाउँपालिका वडा नं. १ का वडाध्यक्ष होम प्रसाद आङ्देम्बेको अध्यक्षतामा सम्पन्न भएको थियो। 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ