Comments Add Comment

न्युज कारखानाकर्मीलाई चुरे समाजद्वारा सम्मान

महाेत्तरी, १३ मंसिर । चुरे नदी प्रणाली संरक्षण सराेकार पत्रकार समाजले न्युजकारखानाकर्मी बिशाल बस्नेतलाई सम्मान गरेको छ ।

न्युजकारखाना महोत्तरी प्रतिनिधि  बस्नेतलाई चुरे क्षेत्रमा कलम चलाएर योगदान पुर्‍याएवापत समाजले सम्मान गरेको हो ।

पछिल्लो आधा दशकदेखी महोत्तरी कार्यक्षेत्र बनाएर बस्नेतले चुरे संरक्षणमा पत्रकारिताका माध्यमवाट अभियान नै चलाएका छन ।

त्यस्तै चुरे क्षेत्रमा नै कलम चलाउने अन्य ३ जना पत्रकारहरुलाई पनि सम्मान गरेको समाजकी सदस्य अन्जु ठाकुरले जानकारी दिइन ।

नागरिक डट कमका सम्पादक सुवोध गौतम, धनुषावाट सन्तोष सिंह र सिरहावाट मिथलेश यादव सम्मानित भएका हुन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ