Comments Add Comment

द्वितिया मेला: भलिवल प्रतियोगितामा तीन जिल्लाका बाह्र टीम सहभागी

रमेश थापा
पाँचथर–
पाँचथरको फाल्गुनन्द गाउँपालिकाको वासाँगुमा आयोजना गरिएको भलिवल प्रतियोगितामा तीन जिल्लाका १२ टीम सहभागी भएका छन। दिपावलीको अवसरमा कात्तिक २९ गतेबाट सुरु भएको अन्तरपालिका स्तरीय भलिवल प्रतियोगितामा पाँचथर, तेह्रथुम र इलाम जिल्लाका १२ टीम सहभागी रहेको खेल संयोजक एकान्त कुरुम्बाङ जानकारी दिए।
प्रतियोगितामा पाँचथरको कुम्मायक, आयोजक फाल्गुनन्द, याङवरक, हिलिहाङ, मिक्लाजुङ गाउँपालिका रहेका छन । त्यस्तै फालेलुङ, फिदिम नगरपालिका र तुम्बेवा गाउँपालिका सहभागी रहेका छन। यसैगरी तेह्रथुमको आठराई गाउँपालिका, इलामको इलाम नगरपालिका र फाक्फोकथुम गाउँपालिका गरी १२ टीम सहभागी छन। 
कात्तिक २९ देखि २ गतेसम्म फाल्गुनन्द–६ र ७ को संगमस्थल वासाँगुुमा लाग्ने ऐतिहासिक द्वितीया मेलामा भलिवल, केलाङ, हाक्पारे, पाःलाम प्रतियोगिता सहित विविध साँस्कृतिक कार्यक्रमहरु संचालन हुने भएको छ। भलिवल प्रतियोगिताको बिजेताले नगद १ लाख १५ हजार ५१५ रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेताले नगद ६५ हजार ५६५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक त्रिवेणी युवा क्लवका खेल संयोजक डिगम कुरुम्बाङले बताए।
त्यस्तै मेलामा केलाङ प्रतियोगिता, हाक्पारे, पाःलाम् लगायतका वृहत साँस्कृतिक कार्यक्रम संचालन हुने भएको छ। केलाङ प्रतियोगितातर्फ बिजेताले नगद १७ हजार ५ सय रुपैंयाँ सहित प्रमाणपत्र पाउने छन भने् उपबिजेताले नगद १२ हजार पाँच सय रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गर्ने त्रिवेणी युवा क्लबका अध्यक्ष यमराज आङ्देम्बेले बताए।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ