Comments Add Comment

लुटन टाउनमाथि म्यानचेस्टर युनाइटेड १-० ले विजयी

काठमाडौँ, २६ कार्तिक । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले लुटन टाउनलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले लुटन टाउनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा खेलको ५९औं मिनेटमा भिक्टर लिनडेफलोफले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो यस सिजनमा म्यानचेस्टर युनाइटेडको सातौं जित हो । १२ खेलमा २१ अंक रहेको म्यानचेस्टर युनाइटेड लिगको छैटौं स्थानमा रहेको छ । त्यसैगरी लुटनटाउनको भने १२ खेलमा ६ अंक रहेको छ र लिगमा १८औं स्थानमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ