रमेश थापा
पाँचथर– पाँचथरको फाल्गुनन्द गाउँपालिकाको वासाँगुमा दिपावलीको अवसरमा कात्तिक २९ गतेदेखि द्धितीया मेला लाग्ने भएको छ । फाल्गुनन्द–६ र ७ को संगमस्थल वासाँगुुमा ऐतिहासिक द्वितीया मेलामा भलिवल, केलाङ, हाक्पारे, पाःलाम प्रतियोगिता र विविध साँस्कृतिक कार्यक्रमहरु संचालन हुने भएको छ ।
वर्षेनी लाग्दै आएको द्वितीया मेलामा पालिकास्तरीय भलिबल प्रतियोगिता संचालन हुने भएको छ । भलिवल प्रतियोगिताको बिजेताले नगद १ लाख १५ हजार ५१५ रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने् उपबिजेताले नगद ६५ हजार ५६५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक त्रिवेणी युवा क्लवका खेल संयोजक डिगम कुरुम्बाङले बताए ।
त्यस्तै मेलाको अवसरमा केलाङ प्रतियोगिता, हाक्पारे, पाःलाम् लगायतका विविध साँस्कृतिक कार्यक्रम संचालन हुने भएको छ । केलाङ प्रतियोगितातर्फ बिजेताले नगद १७ हजार ५ सय रुपैंयाँ सहित प्रमाणपत्र पाउने छन भने् उपबिजेताले नगद १२ हजार पाँच सय रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गर्ने क्लवले जनाएको छ ।
आयोजकले द्वितीया मेला संचालन र व्यवस्थापन गर्न ७ लाख रुपैयाँसम्म खर्च हुने अनुमान गरेको छ । वर्षेनी दिपावलीको अवसरमा लाग्ने द्धितीया मेलामा प्रदेशका जिल्ला सहित काठमाडौबाट पनि मेला र खेल प्रेमीको आउने गरेको त्रिवेणी युवा क्लबका अध्यक्ष यमराज आङ्देम्बेले बताए ।
.png)