रमेश थापा
यासोक: पाँचथरको कुम्मायक गाउँपालिका ५ नं. वडा स्थीत महेन्द्रदोय मा.वि.को भवन निर्माण कार्य सम्पन्न भएको छ । प्रदेश सरकारको ७५ लाख ७२ हजार ३७७ रुपैयाँ दुई तले पक्की भवन सम्पन्न भएको हो ।
आर्थिक वर्ष २०७८ साल कात्तिक १५ गतेदेखि कुम्मायकै थ्री लक्ष्मी कन्ट्रक्सन निर्माण सेवाले भवन निर्माणको काम सुरु गरेको थियो । तर सम्झौता अवधिमा काम पूरा नभएपछि म्याद थप गरी भवन निर्माणको काम अघि बढाइएको थियो ।
निर्माण कम्पनीले थपिएको म्यादमा भवन निर्माण कार्य सम्पन्न गरेको छ । ८ कोठा रहेको दुई तले पक्की भवन निर्माण पछि विद्यालयको पठनपाठनमा सहज हुने विद्यालय प्रशासनले जनाएको छ ।
.png)