Comments Add Comment

हराएको फोन फेला पारी धनीलाई जिम्मा

रमेश थापा 
पाँचथर: पाँचथरको इलाका प्रहरी कार्यालय यासोकले हराएको फोन फेला पारी कुम्मायक–१ की मनकुमारी लावतीलाई जिम्मा लगाएकोे छ। कार्यालयका प्रमुख प्रहरी नायव निरिक्षक टंक न्यौपानेको टोलिले अनुसन्धान गरी हराएको मोवाइल फोन फेला पारी लावतीलाई जिम्मा लगाएको हो।
गत साउन २६ गते कुम्मायक गाउँपालिका–१ यासोक बजार निवासी मनकुमारी लावतीले घरबाटै आफ्नो Samsung फोन हराएको भन्दै प्रहरीमा उजुरी गरेकी थिइ्न। हराएको फोन फेला पार्न इलाका प्रहरी कार्यालय यासोकले तुम्बेवा गाउँपालिकाको इलाका प्रहरी कार्यालय मौवासंग समन्वय गरेको थियो। फोन हराएको एक महिनापछि प्रहरीले भदौ २२ गते फेला पारी लावतीलाई जिम्मा लगाएको कार्यालयका प्रहरी प्रमुख न्यौपानले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ