Comments Add Comment

फाल्गुनन्द-६ मा पोषण तथा खाद्य सुरक्षा सम्बन्धी बैठक

रमेश थापा पाँचथर
पाँचथर- पाँचथरको फाल्गुनन्द गाउँपालिका-६ नं. वडा कार्यालयमा  वडा स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक सम्पन्न भएको छ । वहुक्षेत्रिय पोषण कार्यक्रम अन्तरर्गत वडा कार्यालयमा पोषण तथा खाद्य सुरक्षा सम्बन्धी बैठक सम्पन्न भएको हो 
कार्यक्रममा सुनौलो हजार दिनका बालवालिकाहरुलाई कुपोषणबाट बचाउन ध्यान दिनुपर्ने पक्ष र अपनाउनु पर्ने सावधानीको विषयमा सहभागिलाई जानकारी गराइएको थियो ।  गाउँपालिकाको पोषण सहजकर्ता सुमित्रा तामाङले सुनौलो हजार दिनका आमा र बच्चालाई पोषिलो खानेकुरा खुवाउने, हरेक बार खाना चारको प्रयोग निरन्तर गर्नु पर्ने लगायतको बिषयमा सहजिकरण गर्नुभएकोे थियो । 

गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत बार्षिक कार्यक्रम अन्तरर्गक सुनौलो हजार दिनका आमाहरुको स्याहार सुसारको लागि पोषण कार्यक्रम र सडक नाटक मार्फत जनचेतना समेत प्रर्दशन गर्दै आएको तमाङको भनाइ छ ।
कार्यक्रममा विद्यालयको प्रतिनिधित्व गर्दै जयनारायण आर्दश मा.वि.का प्र.अ बिनोद अधिकारीले दुई वर्ष मूनीका बालबालीकाहरुको स्याहार सुसार र हेरबिचारमा परिवारले ध्यान दिनुपर्नेमा जोड दिदै उहाँले विद्यालयको दिवा खाजामा समेत पोषिलो खाने कुरामा मात्रै प्राथमिकता दिएको बताउनुभयो । 
त्यस्तै वडाअध्यक्ष नारायण प्रसाद आङ्देम्बेले नागरिकको स्वास्थ्य प्रति पालिका र वडा कार्यालय गम्भिर भएको भन्दै यो कार्यक्रमले सुनौलो हजार दिनका नागरिकको स्वास्थ्यमा सकरात्मक प्रभाव पार्नेमा जोड दिनुभयो । कार्यक्रममा वडा सचिव जयबहादुर तामाङ, जनप्रतिनिधि, संघसस्थाका प्रतिनिधि, राजनीतिकदलका प्रतिनिधि, नागरिक समाज लगायतको सहभागिता रहेको थियो । कार्यक्रम ६ नं. वडाअध्यक्ष नारायण प्रसाद आङ्म्देबेको अध्यक्षतामा सम्पन्न भएको थियो । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ