Comments Add Comment

तिनजुरे मिडिया ग्रुपको अध्यक्षमा पुनः बाँस्कोटा 

रमेश थापा
पाँचथर: नेपाल सरकारबाट मान्यता प्राप्त तिनजुरे मिडिया ग्रुप प्रवास नेपालका सातौं अधिवेसनबाट अध्यक्ष पदमा देव बास्कोटा निर्वाचित भएका छन। तिनजुरे मिडिया ग्रुप प्रवास नेपालको सातौं साधारण सभाबाट पुनःअध्यक्षमा बास्कोटा निर्वाचित भएका हुन्।
बास्कोटाको अध्यक्षतामा २३ सदस्य कार्यसमिति गठन गरिएको छ। गठित समितिको बरिष्ठ उपाध्यक्षमा मनोज भुजेल, उपाध्यक्षमा, लोकेन थोक्लेन लिम्बू, भेषराज भट्टराई, सन्तोष ढकाल रहेका छन। त्यस्तै महासचिव सुकुराम पाख्रिन, सचिव साजन लिम्बू, कमल श्रेष्ठ, अर्पण बस्नेत, कोषाध्यक्ष बिनु बिनिता मगर र सह–कोषाध्यक्षमा खगेन्द्र गुरुङ रहेका छन।
सामाजिक क्षेत्रमा सधैं अगाडी रहेको तिनजूरे मिडिया ग्रुपले ‘परोपकारी कोष’ सुरु गरेको  जनाएको छ। जुन कोषमा हालसम्म २ लाख रुपैयाँ जम्मा भएको छ। जुन कोषमा एक वर्षको समय अवधि भित्रमा ५ लाख सम्म पु¥याउने लक्ष्य लिएको नवनिर्वाचित अध्यक्ष देव बास्कोटाले बताए। सभाले आगामी दिनमा बिभिन्न रेडियोहरुसंग सहकार्य गरी कार्यक्रम गर्ने र सामाजिक क्षेत्रको कामलाई निरन्तरता दिने जनाएको छ। तिनजुरे मिडिया ग्रुपले सातौं अधिवेसनसम्म आइपुग्दा १८ लाख भन्दा बढी नेपालका विभिन्न स्थानमा सहयोग गरिएको बताइएको छ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ