Comments Add Comment

मौसम खरावीका कारण एमालेको सचिवालय बैठक स्थगित

मुकेश कुमार यादब

सिरहा, ८ भदौ । लगातारको अविरल वर्षका कारण सिरहामा भोली ९ गते (शनिबार) हुने भनिएको नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय बैठक केही दिनको लागी स्थगित गरिएको छ।

सिरहाको धनगढीमाई नगरपालिका १४ सारे अम्बासमा हुने भनिएको नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक १३ गते सम्मका लागी स्थगित गरिएको हो।

पूर्व–पश्चिम राजमार्गबाट करिव तीस किलोमिटर उत्तरतर्फ पर्ने सारे आमवासमा नेकपा एमालले केन्द्रीय सचिवालय समितिको बैठक ९ गतेको लागि डाकिएको भए पनि मौसम खराव हुँदा स्थिगित गरिएको नेकपा एमालेका जिल्ला उपसचिव तथा गोलवजारका नगर प्रमुख श्याम श्रेष्ठले जनाएको छ।

करिव ३४ वर्ष अगाडी धनगढीमाई नगरपालिका १४ सारे आमवासमा बहुदलीय व्यवस्था पुर्नस्थापना हुनुभन्दा ६ महिना अगाडी तत्कालीन मालेले भूमिगत रूपमा चौथो महाधिवेशन गरेको थियो। एमालेले २०४६ सालमा महाधिवेशन गरिएकै घरमा पुनः केन्द्रीय सचिवालयको बैठक आयोजना गर्न लागेको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ