Comments Add Comment

पत्रकार जोशी गोरखापत्र डोटेली भाषा संस्करण संयोजक नियुक्त

काठमाडौं, ३० साउन । गोरखापत्र दैनिकले प्रकाशन गर्ने डोटेली भाषा पृष्ठको संयोजकमा पत्रकार यज्ञराज जोशी नियुक्त भएका छन्।

एक दसक लामो समयदेखि पत्रकारितामा सक्रिय जोशीलाई गोरखापत्र संस्थानले डोटेली भाषा पृष्ठ संयोजकका रूपमा नियुक्त गरेको हो।

विभिन्न साहित्यीक संस्थामा समेत आवद्ध रहेका जोशी भाषा, साहित्यको क्षेत्रमा समेत कलम चलाउँदै आएका छन्। उनले नागरिक दैनिकको पश्चिमेली संस्करणमा पनि केही वर्ष पहिले लामो समयसम्म डोटेली शब्द र त्यसको नेपाली अर्थ लेखेर भाषाको उन्नयनमा योगदान पुर्‍याएका थिए।

डोटेली समाज कैलालीको कार्यसमिति सदस्यसमेत रहेका जोशीले डोटेली भाषाको पत्रिका सुदूर चिनारी र पश्चिमेली रैवारमा समेत काम गरिसकेका छन्। हाल उनी काठमाडौंमा रहेर पत्रकारितामा सक्रिय छन्।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ