Comments Add Comment

तमोरमा फेरिएको जीवनशैली

पाँचथर- तमोर किनारमा मानिसको चहलपहल बाक्लिएको छ । फाटिला बगर आसपासका खेतबारीमा मानिसहरु व्यस्त देखिन्थ्ये । सडक छेउछाउमा घर निर्माण गर्नेको पनि प्रतिस्प्रधा नै चलेको छ । खेतवारीमा थरि-थरिका तरकारी बालीले हरियाली देखिन्छ । यो दृश्य राष्ट्रिय गौरवको आयोजना अन्तर्गत तमोर कोरिडोरको हो । सुनसरीको चतरादेखि पाँचथरको अमरपुरसम्मको सडक संचालनमा आएसंगै तमोर किनारमा बसोवास गर्दै आएका नागरिकको जीवनशैली फेरिएको छ ।
एक दशक अगाडीसम्म सुनसान सडकमा एक्लै हिड्ने अवस्थासम्म थिएन । अहिले सहर बजार जस्तै भएछ पाँचथरको कुम्मायक-५ का पूर्णबहादुर थापाले भने् । पहिले कागती बोकेर ५ दिन लगाएर धरान पुग्नु पथ्‍यो । चारैतिर जङ्गल र बन्यजन्तुको डर थियो । अहिले तराईको व्यस्त सहर जस्तै लाग्यो हर्सित मुद्रामा उनले सुनाए । 
सात वर्ष बैदेशिक रोजगारीमा बसेर फर्किएका धनकुटाको चौविसे गाउँपालिकाका गोविन्द बहादुर बस्नेत पनि खोला किनारमा बस्दै आएका छन् । गाउँपालिका छेउमै बस्दै आएका उनि तमोर कोरिडोर सडक संचालनमा आएसंगै ४ वर्षदेखि खोलाका किनारमा भैसी पालन गरेर बस्दै आएका हुन । भैसी पालन र पसल चलाएर मासिक लाखौं रुपैयाँ आम्दानी गर्दै आएका उनि छिमेकीहरु तराइ तिर बसाई सर्दा आम्दानीको श्रोत खोज्दै बेसी झरेको बताउने गर्दछन् । “अहिले भैसी पालन र खेतीपातीबाट राम्रो आम्दानी भएको छ बस्नेतले भने् । दैनिक सवारी साधनको ओहोर दोहोर छ । घाँसे मैदान प्रसस्त मात्रामा छन् । उत्पादन गरेको सबै सामाग्रीले राम्रो मुल्य पाएको छ । अहिले स्वर्गमै बसे जस्तो लाग्छ् । खुसी हुदै उनले सुनाए ।
पाँचथरको अमरपुरदेखि धनकुटाको मुलघाटसम्मको १ सय १२ किलोमिटर सडकमा आर्थिक गतिविधि बढेको छ । दैनिक उपभोग्य बस्तुको ढुवानी देखि जग्गाको किनबेच र घर निर्माण समेत भइरहेको छ । सडक आसपासको जग्गा प्रति रोपनी ३ लाखदेखि ५ लाखसम्म बिक्री भइरहेको कुम्मायक ५ की मञ्जु आचार्यले बताइन् । उनले प्रति रोपनी २ लाख रुपैयाँले घडेरी खरिद गरी १८ लाखसम्मको घर निर्माण गरेकी छन् । त्यस्तै आसपासमा खाली जमिन सबै बिक्री भइसेको उनको भनाइ छ ।
२०७४ सालमा देखि सुरु भएको योजनाले पूर्वका चार जिल्लालाई सुनसरीको चतरासम्म जोडेको छ । पाँचथर, तेह्रथुम, ताप्लेजुङ र धनकुटा गरी ४ जिल्लालाई छोटो दुरीमा तराई जोड्न योजनाको काम अन्तिम चरणमा पुगेको हो । ६ अर्ब २३ करोड ४९ लाख रुपैयाँको लगानीमा ७ प्याकेजमा काम हुदै आएको सडक खण्ड अन्तरर्गत धनकुटाको मुलघाटदेखि सुनसरीको चतरासम्मको २३ किलोमिटर सडकको काम पूरा भएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना पाँचथरका इन्जिनियर हिमाल काफ्लेले बताए । बाँकी रहेको धनकुटाको मुलघादेखि पाँचथरको अमरपुरसम्मको १ सय १२ किलोमिटर सडकको काम अन्तिम चरणमा पुगेको बताए । सबै निर्माण कम्पनीको भौतिक र आर्थिक प्रगति ९६ प्रतिशत पूरा भएको भन्दै २०७८/०७९ साल भित्रै योजनाको काम पूरा हुने उनको भनाइ छ । 
साभार ब्लाष्ट

    
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ