Comments Add Comment

कुम्मायकको विद्युत, प्राधिकरणले जिम्मा लिने, बक्यौता नतिर्ने ग्राहबाट महसुल उठाउने

रमेश थापा 
पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिकाको विद्युत प्राधिकरणले जिम्मा लिने भएको छ । फिदिम विद्युत उपभोक्ता सहकारी  सस्था मार्फत संचालनमा हुदै आएको कुम्मायक–१ को विद्युत नेपाल विद्युत प्राधिकरण पाँचथरले जिम्मा लिने भएको हो । वडामा सहकारी संस्थाबाट संचालन हुदै आएको ८३७ घरधुरीलाई विद्युत प्राधिकारणले जिम्मा लिन लागेको हो ।
प्राधिकरणले २०८० भदै १ गतेबाट मिटर जडान र रिडिङ, रकम संकलन लगायत प्रशासनिक काम प्राधिकारणले गर्ने सहमती गरेकोे कुम्मायक १ का वडाअध्यक्ष देबेन्द्रकुमार लावती बताए ।  वडामा लामो समयदेखि सहकारी मार्फत विद्युत सेवा संचालन हुदै आएको थियो । ग्रामिण विद्युतिकरण बिभागले ९०÷१० को कार्यक्रम अन्तरर्गत केही साविक वडामा विद्युतिकरण गरेको थियो ।  विद्युतिकरण गरिएकोे विद्युत भदै–१ गतेबाट नेपाल विद्युत प्राधिकरणले जिम्मा लिने भएको लावतीको भनाइ छ ।
तत्कालिन समयमा सहकारी संस्थाको कालो तारबाट कुम्मायक–५ का उपभोत्ताले विद्युत उपभोग गरेका थिए । वडाका १६ घरधुरीबाट उठ्न बाँकी बक्यौता ३९ हजार ४६५ रुपैयाँ असुल गर्नुपर्ने प्राधिकरणले जनाएको छ । जसका लागि स्याबरुम्बा सहकारी संस्थाको कार्यालयमा पत्रचार गरिएको छ । त्यस्तै यासोक बजार क्षेत्रमा लामो समयदेखि विद्युत उपभोग गरेर हाल अस्तित्वमा नरहेका १२ ग्राहकबाट बक्यौता उठान बाँकी छ । महसुल नबुझाउने १२ ग्राहकबाट १ लाख ५१ हजार ३३ रुपैयाँ ४० पैसा बक्यौता उठ्न बाँकी छ । सो रकम असुल–उपरका लागि स्थानीय सरकार र संघ सस्थासंग आवश्यक पहलकदमी गर्ने सहमती भएको नेपाल विद्युत प्राधिकरण पाँचथरले जनाएको छ ।   
 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ