रमेश थापा
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिका–५ स्थीत गुह्येश्वरी नि.मा.वि.मा अक्षयकोष स्थापना गरिएको छ। विद्यालय स्थापनाको ३८ वर्षपछि पहिलो पटक स्थानीय भवानी सोडारीले परिवारको स्मृतिमा ५१ हजार १ सय रुपैयाँको अक्षयकोष स्थापना गरेका छन। मंगलवार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच कुम्मायक–५ का सोडारीले अक्षयकोष विद्यालयमा स्थापना गरेका हुन । अक्षयकोषको व्याज रकमबाट विद्यालयमा अध्यायनरत विपन्न समुदायका बालबालिकाहरुलाई छात्रवृति प्रदान गर्ने उदेश्यले अक्षयकोष स्थापना गरेको उनको भनाइ थियो।
श्रीमती स्व.अविमाया ढकाल सोडारी स्मृतिमा स्थापना गरेको अक्षयकोष रकम सोडारीले विद्यालयका प्र.अ भक्त बहादुर तामाङ हस्तान्त्रण गरेका थिए । कार्यक्रममा शिक्षक लालहाङ चेम्जोङले सुभकामना व्यक्त गर्दै विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न गरेको सहयोग प्रशंसा योग्य रहेको बताएका थिए। विद्यालयले सोडारी परिवारको योग्दानलाई स्मरण समेत बताए ।
कार्यक्रमका प्रमुख अथिति कुम्मायक ५ का वडाअध्यक्ष निर्मलराज घिमिरेले विद्यालयमा पहिलो पटक अक्षयकोष स्थापना गरेर वडाको शैक्षिक क्षेत्रमा सहयोग गरेको भन्दै दाताको प्रशंसा गरे। उनले विद्यालयमा शिक्षाको सुधार गर्न पालिका र वडाले आगामी दिनमा निरन्तर भूमिका खेल्ने बताए। अक्षयकोष स्थापना कार्यक्रममा शिक्षक, अभिभावक र जनप्रतिनधिको उपस्थिति रहेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश थापाको अध्यक्षतामा सम्पन्न भएको थियो।
.png)