Comments Add Comment

गाउँपालिकाले रोप्यो बेसारको बिउ

रमेश थापा 
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिकाले किसानलाई बितरण हुन नसकेको बेसारको बिउ रोपेको छ।  अनुदानमा किसानलाई बितरण गर्न खरिद गरेको बेसार जनप्रतिनिधि, कर्मचारी स्थानीयको पहलमा रोपिएको हो  । गाउँपालिकाले कुम्मायक–३ को हात्तिपोखरीमा बेसारको बिउ रोपेको हो । आर्थिक वर्ष २०७९÷०८० को ३ लाख ४० हजार ४० रुपैयाँमा खरिद गरेको १ सय २० मन बेसार मध्ये ३५ बोरा बेसारको बिउ बारीमा रोपेको हो । 
गाउँपालिकाले यस अघि पनि सोही स्थानमा बेसारको बिउ रोपेको थियो । बाँकी रहेको बेसारको बिउ पनि सोही स्थानमा रोपिएको गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्काले बताए । “हामीले बाँकी रहेको बेसार बारीमा रोप्न तयारी गरेका थियौं । यो बिषयमा सामाजिक संजालनमा आवश्यक टिकाटिपणी भयो खड्काले भने् अब खरिद गरेको बेसार सबै रोपेका छौ । यसको रेखदेख गाउँपालिकाले गर्छ ।’

गाउँपालिकाले कुम्मायक—३ को हात्तिपोखरी स्थीत स्थानीयको २० रोपनी बाँझो जमिनमा बेसार रोपेको छ । बार्षिक १० हजार जग्गाधनीलाई उपलब्ध गराएर सो जग्गामा बेसार रोपेको गाउँपालिकाको भनाइ छ । उपाध्यक्ष खड्का सहितको टोलिले हाते ट्याक्टरको प्रयोग गरी बेसारको बिउ रोपेको थियो । बेसार रोप्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्वापो, कृषि शाखा प्रमुख सविन खतिवडा सहित पालिकाका कर्मचारी र स्थानीयले दुई दिन लगाएर बेसारको बिउ रोपेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ