रमेश थापा
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिकाको कुम्मायक धार्मिक स्थलमा वृक्षारोपण गरिएको छ। थाङसाङ कृषि फर्म फिदिम १ को सहयोग र सिम्रिक होटलको व्यवस्थापनमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो। गाउँपालिकाको कुम्मायक धार्मिक स्थलको परिषरमा ३० थान दाँते ओखर र १ नं. वडा कार्यालयको १४ थान धुपी, गुलमोहर र कल्की जातका बिरुवा रोपिएको कुम्मायक १ का वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले बताए ।
मन्दिर परिषरमा बृक्षरोपण गर्न थाङसाङ कृषि र्फमका संचालक गजेन्द्र इदिङगोले प्रति बिरुवा ७ हजार ५ सय मुल्य पर्ने ३० थान दाँते ओखर उपलब्ध गराएपछि वृक्षारोपण गरेको स्वास्थ्य शाखा प्रमुख केदार बहादुर खड्काले बताए । मन्दिर परिषरको बातावरणीय पर्यावरण जोगाउँदै हरियाली बनाउन वृक्षारोपण गरिएको गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीले बताए । गाउँपालिकाले उक्त क्षेत्रको सामुदायिक वनलाई धार्मिक वनमा रुपान्तरण गरी पर्यटकीय क्षेत्रको रुपमा बिस्तार गर्ने लावतीको भनाइ छ ।

वृक्षारोपण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्का, सव डिविजन वन कार्यालयका प्रमुख चन्द्र कान्त झा, इलाका प्रहरी कार्यालय प्रमुख टंक न्यौपाने, नेपाल रेडक्रस सोसाईटी यासोक सचिव रमेश बुढाथोकी लगायत पत्रकार र स्थानीय गरी ३० जनाको उपस्थिति रहेको थियो ।

.png)