Comments Add Comment

राष्ट्रपतिलाई प्रधानन्यायाधीशले बुझाए वार्षिक प्रतिवेदन

काठमाडौं, ३१ असार । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७८/०७९ का वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएका छन् । 

आइतबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर उनले वार्षिक प्रतिवेदन बुझाएका हुन् । नेपालको संविधानको धारा १३८ बमोजिम प्रधानन्यायाशीश कार्कीले वार्षिक प्रतिवेदन बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ