Comments Add Comment

दार्चुलामा भीरबाट खसेको ढुंगा लागेर महिलाको मृत्यु

दार्चुला, ३० असार । नौगाड गाउँपालिका–४ होपरीमा भीरबाट खसेको ढुंगा लागेर एक महिलाको ज्यान गएको छ । मेलामा घाँस काट्ने क्रममा शुक्रबार अवेर भीरबाट खसेको ढुंगा टाउकोमा लागेर होपरीस्थित कसाडमेलाकी ५० वर्षीया सीतादेवी ठगुन्नाको मृत्यु भएको आफन्तले जनाएका छन्।

घर नजिकै मेलामा घाँस काटिरहेको अवस्थामा माथिबाट खसेको ढुंगा टाउकोमा लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । मृतक सीताका पति, छोरा, बुहारी र नातीनातिना छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ