Comments Add Comment

आफनो ओठबारे कपिल शर्माले उडाएकाे बिषयमा सुमोना चक्रबर्तीले मुख खोलिन

मुम्बइ, ३० असार । द कपिल शर्मा शोमा सुमोना चक्रवर्ती पनि निकै लामो समय देखी देखिदै आएकी छन् । 

तर, धेरै पटक शोका होस्ट कपिल शर्माले उनको ओठको बारेमा टिप्पणी गरेको देखिएको छ, जसका कारण सुमोना चक्रवर्ती निकै अपमानित भएको महशुश गर्दै अाएकी छिन ।

अहिले उनले यस विषयमा पहिलाे पटक कुरा गरेकी छिन्,  सो बारेमा सुमोना चक्रवर्तीले हालै एक अन्तर्वार्ता दिने क्रममा साे धारणाा सार्बजनिक गरेकी हुन । जसमा उनले शोमा काम गर्दा कपिल शर्माले ओठमा कमेन्ट गर्ने गरेको जानकारी दिएकी छन् । त्यसपछि उनलाई याे बिषय निकै नराम्रो लाग्दै अाएकाे छ । साथै, उक्त शाे ति खराब हुन थाल्यो कि मानिसहरूले त्याे शोलाइ महिला विरोधी भएको महसुससमेत गर्न थालेका छन। 

द कपिल शर्मा शोमा सुमोना चक्रवर्ती शोका होस्ट कपिल शर्माकी पत्नीको भूमिकामा देखिदै आएकी छिन् । 

सुमोनाले अहिले आफ्नो ओठको बारेमा कुरा गरेकी छिन् । उनले आफ्नो कमेन्टका कारण रातो लिपस्टिक लगाउनबाट छाडेको र निकै असुरक्षित भएको बताएकी छिन् ।

सुमोना चक्रवर्तीले ह्याबिट कोचलाई अन्तर्वार्ता दिने क्रममा भनेकी छिन, ‘एक दिन म उदास बसेकी थिएँ, अर्चना पूरन सिंह मेरो छेउमा आइन् र उनले मसँग कुरा गरिन्,  मैले भनें – उनले मेरो अनुहार मेरो ओठ र मेरो लिपस्टिकको मजाक बनाइ रहेका हुन्छन् । जसकाकारण पटक पटक मैले मेरो लाइनहरू बिर्सिन खोजे झै हुन्छ तर म बिर्सन्न । उसले बिर्सन्छ, तर उसले जे पनि भन्छ। म स्ट्यान्ड अप कमेडियन होइन। म उहाँजस्तो तुरुन्तै जोक बनाउन सक्दिन। यदि मैले जोक क्र्याक गरें भने सायद कसैले बुझ्दैन।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ