Comments Add Comment

१३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं, २७ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले भ्रष्टाचारको आरोपमा १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सहकारी तथा गरिबी निवारण शाखा मधेश प्रदेश, जनकपुरधामका वरिष्ठ शाखा अधिकृत ओमनारायण झा, नैँशी जेनरल अर्डर सप्लायर्सका प्रोप्राइटर अरहुला कुमारी तथा ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए । 

प्रदेशका आठवटै जिल्लामा सहकारीसम्बन्धी आयमूलक तालिम सञ्चालन गर्दा भ्रष्टाचार गरेको आरोपमा झाविरुद्ध सात लाख एक हजार तीन सय ८० जरिवाना र बिगोसमेत असुल उपरको माग गरेको छ ।

यस्तै सरकारलाई हानी पु¥याउने गरी झुठा बिल भरपाई तयार गरेको आरोपमा कुमारीविरुद्ध तीन लाख ६७ हजार आठ सय ८० बिगो माग दाबी गरिएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ