Comments Add Comment

प्रधानमन्त्री प्रचण्डमा नैतिकता छ भने राजीनामा दिनुस् : राजेन्द्र लिङ्देन

काठमाडौं, २५ असार । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पदबाट राजीनामा दिन सुझाव दिएका छन् । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले देशको स्वाधिनताविरुद्ध अभिव्यक्ति दिएको भन्दै नैतिकताका आधारमा राजीनामा दिन आग्रह गरे । ‘प्रधानमन्त्रीमा नैतिकता छ भने राजीनामा दिनुुस्,’ उनले भने । 

बोली चिप्लिँदा तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएको प्रसङ्ग कोट्याउँदै उनले प्रधानमन्त्री प्रचण्डले पनि राजीनामा दिनुपर्ने बताए। मिटरब्याजपीडितलाई न्याय दिन ल्याइएको विधेयक अन्तिम दिन पेस गर्न खोजिएकोप्रति आशंका उब्जिएको उनको भनाइ छ । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ