रमेश थापा
पाँचथर: पाँचथरमा बाढीपहिरोका कारण समस्यामा परेका नागरिकको राहतको लागि बैकल्पिक उपायको खोजी गर्न थालिको छ। गत असार २ गते आएको बाढीपहिरोमा परि ज्यान गुमाउने र घाइते भएका नागरिकको उद्धारसंगै राहत सामाग्री पु¥याउन विकल्पको खोजी गर्न थालिएको हो ।
नेपाली सेनाको रणसेर गण, नेपाल प्रहरी, शसस्त्र प्रहरी स्थानीय युवाहरुले फिदिम न.पा. ४ र हिलिहाङ्ग गा.पा. ७ स्थित हेवाखोलामा अस्थाई तुइन निर्माण गरी सामान ढुवानी गर्न थालिएको छ । बाढीले पुल बगाएपछि अहिले तुइन र गोरेटो बाटो निर्माण गरी वारीपारिको आवागमनलाई सहज बनाउन थालिएको रणशेर गण पाँचथरका सहायक सेनानी लेखविक्रम राईले बताए । खोलामा अहिले बेलिब्रिज निर्माणको काममा पनि नेपाली सेनाको टीम लामो समयदेखि खटिदै आएको जनाएको छ । बेपत्ता व्यक्तिहरूको खोजी कार्य र उद्धारको साथै राहत जुटाउन नेपाली सेनालाई शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले सहयोग गरेको राईको भनाइ छ ।
हेवा खोलामा बाँसको सहायताद्वारा फड्के पुल निर्माण गरी स्थानीयको आवतजावतलाई सहज बनाउने काम हुदै आएको छ । बैकल्पिक उपायको खोजी गर्दै अन्य संरचना निर्माण गर्न नगर प्रहरी, राष्टिय युवा संघ नेपाल पाँचथर, फिदिम खानेपानी उपभोक्ता समितिका अध्यक्ष प्रकाश गुरुङ तथा स्थानियहरुको सहयोगमा निर्माण कार्य भईरहेको छ । त्यस्तै युवा सँघ पाँचथरले पैदल यात्रुहरु तथा काम गर्ने जनशक्तिका लागि पिउने पानीको निशुल्क ब्यावस्था समेत गरेको युवा संघ नेपाल पाँचथरका अध्यक्ष कमल थपलियाले बताए ।
.png)