Comments Add Comment

गर्मी बढेसँगै कारागारका कैदीबन्दीमा छालाको समस्या

चितवन, २७ जेठ:

जिल्ला कारागारमा छालाको समस्याका बिरामीको सङ्ख्या बढ्दै गएको छ । गर्मी बढेसँगै यो समस्या बढ्दै गएको हो।

कार्यालयका सिनियर हेल्थ असिस्टेन्ट लेखनाथ पौडेलका अनुसार कारागारमा रहेका कैदीबन्दीमध्ये तीन सय जनामा छालाको रोगको समस्या देखिएको हो। बसाईं साँघुरो हुँदा पसिनाका कारण दाद, पिलोलगायतका समस्या देखिएको उहाँले बताउनुभयो ।

विगत १५ दिनदेखि यो समस्या बढ्दै गएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो समस्या अझै पैmलनसक्ने देखिन्छ ।” गर्मी बढेसँगै छाला र झाडापखालाको समस्यासमेत देखिएको उहाँले बताउनुभयो ।

अहिले २५ जनामा झाडापखालाको समस्या देखिएको उहाँले जानकारी दिनुभयो । यसलाई रोकथामका लागि कारागार प्रशासनले आन्तरिक व्यवस्थापनको काम गरिरहेको उहाँले भनाइ छ । कारागारमा सात सय ४० कैदीबन्दी रहेका छन् । दुई सय ५५ जनाको क्षमता रहेको पुरुष बन्दी गृहमा छ सय ९३ र २५ जनाको क्षमता रहेको महिला बन्दी गृहमा ४७ जना कैदीबन्दी छन् । तीसँगै आश्रित बालबालिका चार जना रहेको कार्यालयका प्रमुख कमलप्रसाद आचार्यले बताउनुभयो । –––

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ