Comments Add Comment

फाल्गुनन्द-१,नवमीडाँडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

दिपक दुलाल, जेठ २४
फाल्गुनन्द गाउँपालिका वडा नं.१,नवमीडाँडालाई आज पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ।
उक्त वडामा रहेका १६ महिनादेखि ५९ महिनासम्मका लक्षित सम्पूर्ण बालबालिकाहरुले १५ महिनाको उमेर भित्र पाउनुपर्ने सम्पूर्ण खोप प्राप्त गरी पूर्ण खोप पाएको सुनिश्चित गरिएको हुँदा आज एक कार्यक्रमका बिच पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको हो । 
घोषणा कार्यक्रममा फाल्गुनन्द १ का वडाध्यक्ष होम प्रसाद आङदेम्बेले वडाको पूर्ण खोपको प्रतिवेदन अन्तर्गत पूर्ण खोप तथ्याङ्क तथा प्रगती विवरण पेश गर्दै पूर्ण खोप सुनिश्चित वडा घोषणा गर्नुभएको थियो।

            कार्यक्रममा जननिर्वाचित प्रतिनिधीहरु,फाल्गुनन्द गाउँपालिका स्वास्थ्य शाखाका कर्मचारीहरु, राष्ट्रिय सामुदायिक महिला स्वास्थ्य स्वयम सेविकाहरु, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु, समाजसेवी, बुद्धिजिवी,संघसंस्थाका प्रतिनिधीहरु,आमा समुहका प्रतिनिधीहरु लगायतको उपस्थिती रहेको थियो।
कार्यक्रमका वक्ताहरुले वडालाई पूर्णखोपको अवस्था कायम राख्न तथा पूर्ण खोपको सुनिश्चिितता र दिगोपनाको लागि आगामी दिनमा सरोकारवाला सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रम फाल्गुनन्द गाउँपालिकाका उपाध्यक्ष ठाकुर सिं नेम्वाङको प्रमुख आतिथ्यता,जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख तेज बहादुर तुम्बापोको विशेष आतिथ्यता र फाल्गुनन्द १ का वडाध्यक्ष होम प्रसाद आङ्देम्बेको अध्यक्षतामा सम्पन्न भएको थियो।
फाल्गुनन्द गाउँपालिकाको पालिका खोप समन्वय समितिको सचिवालय फाक्तेपले आयोजना गरेको कार्यक्रममा पूर्ण खोप सुनिश्चित वडा घोषणा कार्यक्रमलाई सहयोग पु¥याउनुहुने  स्वयम सेविकाहरु तथा स्वास्थ्यकर्मीहरुलाई प्रशंसापत्रले सम्मान समेत  गरिएको हाम्रा सहकर्मी दिपक दुलालले जानकारी दिनुभएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ