Comments Add Comment

वडा स्तरीय फुटबल प्रतियोगितामा फाल्गुनन्द ४ र ५ फाइनल प्रवेश

कुमार खड्का

यासोक- पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नम्बर ६ मेहलबोटेमा जारी वडा स्तरिय फुटबल प्रतियोगितामा दोस्रो दिनका ३ खेल सम्पन्न भएका छ्न। बिहीवार (आज) भएको पहिलो चरणको अन्तिम खेलमा फाल्गुनन्द १ र २ बिच भएको खेलमा फाल्गुनन्द-१ नमिडाडा ४-१ गोल अन्तरले बिजय भएको थियो।

त्यस्तै दोस्रो चरणको पहिलो खेलमा फाल्गुनन्द ६ लाई फाल्गुनन्द ४ चिलेङ्दिनले ४-१ गोल अन्तरले पराजित गर्दै चिलेङ्दिन फाइल प्रबेश गरेको छ। आजको अन्तिम खेलमा फाल्गुनन्द १ र वडा नम्बर ५ फाक्तेप बिचको खेलमा निर्धारण गरिएको समयमा दुबै टिमबाट बराबर गोल भएपछी खेल ट्राइबेकरमा धकेलिएको थियो। ट्राइबेकरमा नवमिडाडालाई पराजित गर्दै फाक्तेप फाइनल प्रबेश गरेको छ।

यो सङ्गै शुक्रबार फाइनल खेलमा फाल्गुनन्द ४ चिलेङ्देन र वडा नम्बर ५ फाक्तेप भिड्ने छ्न। यो प्रतियोगिताको प्रथम हुने टिमले ४१ हजार १ सय ९९ शिल्ड, मेडल र प्रमाण पत्र  र दोस्रो हुने टिमले २६ हजार १ सय प्राप्त गर्ने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ