मोरङ, १३ जेठ (रासस) :
कोशी प्रदेश सरकार स्थापनापछि प्रदेशमा विकासले गति लिएको छ । जनतालाई महसुस हुने गरी प्रदेश सरकारले सडक निर्माणलाई तीव्रता दिएको तथ्याङ्कले देखाएको छ ।
मन्त्रालयका अनुसार आव २०७५/७६ मा सडक मर्मततर्फ ६०१, आव २०७६/७७ मा ६१ दशमलव ५४, आव २०७७/७८ मा ५१ दशमलव १३, आव २०७८/७९ मा एक सय छ दशमलव १६ र आव २०७९/८० मा ७३ दशमलव २७ गरी जम्मा आठ सय ३९ दशमलव नौ गरी आठ सय ८३ दशमल शून्य नौ किलोमिटर सम्पन्न गरिएको छ ।
आव २०७५/७६ मा ग्रावेल सडकतर्फ एक सय २८ दशमलव नौ, आव २०७६/७७ मा दुई सय ११ दशमलव ३५, आव २०७७/७८ मा एक सय ७५ दशमलव ३१, आव २०७८/७९ मा तीन सय ८० दशमलव १९ र आव २०७९/८० मा ७४ दशमलव ८० गरी नौ सय ७० दशमलव ५५ किलोमिटर निर्माण गरिएको छ ।
कच्ची सडकतर्फ आव २०७५/७६ मा एक सय ८१ दशमलव तीन, आव २०७६/७७ मा चार सय ७७ दशमलव ८२, आव २०७७/७८ मा एक सय नौ दशमलव १९, आव २०७८/७९ मा ९१ दशमलव शून्य सात र आव २०७९/८० मा एक सय २५ गरी नौ सय ८४ दशमलव ३७ किलोमिटर निर्माण गरिएको छ ।
सडक कालोपत्रेतर्फ आव २०७५/७६ मा २६ दशमलव १८, २०७६/७७ मा आव ५२ दशमलव २१, आव २०७७/७८ मा ४० दशमलव ६१, आव २०७८/७९ मा ९८ दशमलव ७२, र आव २०७९/८० मा एक सय २३ दशमलव ६७ गरी तीन सय ४१ दशमलव ३९ किलोमिटर निर्माण सम्पन्न गरिएको छ ।
सोही अवधिमा ढलान सडकतर्फ १० दशमलव २६ , सोलिङ्ग सडकतर्फ २२ दशमलव १९ किलोमिटर सडक निर्माण गरिएको सूचना अधिकृत चौधरीले बताउनुभयो । सोही अवधिमा दुई सय ७३ दशमलव ८६ किलोमिटर सडकको ट्रयाक खुला गरिएको छ ।
मन्त्रालयले आव २०७५/७६ मा मोटरेवल पुल १०, आव २०७६/७७ मा १२, आव २०७७/७८ मा आठ, आव २०७८/७९ मा २५ र आव २०७९/८० मा ११ गरी ६६ बटा निर्माण सम्पन्न गरिएको जानकारी दिएको छ । सो अवधिमा एक सय २६ बटा झोलुङ्गले पुल निर्माण सम्पन्न गरिएको छ ।
सो अवधिमा सामुदायिक भवन एक सय पाँच वटा निर्माण सम्पन्न भइसकेका छन् भने एक सय ५७ वटा निर्माणाधीन अवस्थामा छन् । सरकारी भवनतर्फ ३३ निर्माण सम्पन्न भएको छ भने छ वटा निर्माणाधीन अवस्थामा छन् । खेलकुद पूर्वाधारतर्फ ५० वटा निर्माण सम्पन्न भएका छन् भने छ वटा निर्माण भइरहेका छन् ।
सो अवधिमा एकीकृत वस्ती विकासतर्फ ५४ निर्माण सम्पन्न भएका छन् भने १२ वटा निर्माणाधीन छन् । जनता आवास कार्यक्रमअन्तर्गत चार हजार पाँच सय ५१ निर्माण सम्पन्न भएका छन भने दुई हजार चार सय २८ निर्माणाधीन अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।
सहरी सडक (ढलान) तर्फ तीन हजार सात सय ५० किलोमिटर सम्पन्न भइसकेको छ भने नौ दशमलव पाँच किलोमिटर निर्माण भइरहेको छन् । सहरी सडक कालोपत्रेतर्फ १८ किलोमितटर निर्माण सम्पन्न भइसकेको छ भने चार दशमलव २५ किलोमिटर निर्माणाधिन अवस्थामा रहेको मन्त्रालयको भनाइ छ।
समीक्षा अवधिमा ४६ वटा पार्क निर्माण भइसकेका छन् भने १० वटा निर्माण भइरहेका छन् । साथै १८ वटा बसपार्क निर्माण भइसकेको छ भने चार निर्माणको अवस्थामा रहेको छन् । त्यसैगरी गेट तथा भ्यूटावरतर्फ ११ वटा निर्माण सम्पन्न भइसकेका छन् भने पाँच वटा निर्माण भइरहेको मन्त्रालयका सूचना अधिकृत चौधरीले बताउनुभयो । सोही अवधिमा प्रहरी भवनतर्फ २९ वटा र अन्य पूर्वाधारतर्फ ४२ वटा निर्माण सम्पन्न भइसकेका छन् भने १८ वटा निर्माणाधीन अवस्थामा छ।
यसैगरी अन्य मर्मत सम्भारतर्फ एक सय ४८ वटा सम्पन्न भइसकेका छन् भने १८ निर्माण हुने क्रममा छन् । मन्त्रालयका अनुसार उक्त अवधिमा भवन, खेलकुद मैदान, पार्कलगायत डिपीआरतर्फ एक सय २५ सम्पन्न भइसकेका छन् भने १० वटा हुने क्रममा छन् । ---
.png)