Comments Add Comment

लम्पी स्किनले पशुचौपाय मर्न थाले, सावधानी अपनाउन पालिकाको आग्रह

रमेश थापा 
पाँचथर- पाँचथरको कुम्मायक गाउँपालिकामा लम्पी स्किनले धमाधम पशुचौपाय मर्न थालेका छन। कुम्मायक–१ स्थीत ओखलढुङ्गा र सिम्लेका किसानले पालेका ३ वटा पशुचौपाय मरेका छन। लम्पी स्किनले स्थानीय दान बहादुर पौडेलको गोरु र गाई गरी २ वटा चौपाय मरेका छन। भने लोक बहादुर थापाको एउटा गाई मरेको छ। त्यस्तै सोही वडाका अर्का किसान टेक बहादुर बुढाथोकीको हलगोरु केही दिनदेखि थला परेका छन।
सोही वडाकै अर्का किसान डिक बहादुर बुढाथोकीले घरमा पालेका १० वटा पशुचौपाय मध्ये ६ वटामा संक्रमण देखा परेको बताए। गाउँमा उपचार गर्ने भ्याक्सिन नभएपछि एकपछि अर्को गर्दै संक्रमण फैलिन थालेको उनको भनाइ छ। 
यता गाउँपालिकाले उच्च सावधानी अपनाउन अग्रह गरेको छ। कुम्मायक–१ वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले वडामा पशुचौपायमा देखिएको क्षतिले किसानलाई पीडा दिएको भन्दै तत्कालै भ्याक्सिन खरिद गरेर संक्रमित भएका पशुलाई लगाउने बताए। गाउँपालिकाका सबै वडामा किसानले पालेका गाई गोरुमा लम्पी स्किन रोगको प्रकोप बढेको छ। लम्पी स्किनका कारण छालामा गिर्खा निस्किने, ज्वरो आउने, सीथिल बन्दै जाने र त्यसपछि मृत्युसम्म हुने गरेको किसानहरुको भनाइ छ।
यो रोगबाट कुम्मायकमा सबैभन्दा धेरै गाई भैंसी प्रभावित भएका छन्। हालसम्म २ हजार २ सय ८५ वटा गाई भैंसीमा यो रोग देखिएको भेटेरिनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरले जनाएको छ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ