Comments Add Comment

आजवाट नेकपा एमालेको केन्द्रिय समिति बैठक

काठमाडौं, २८ बैशाख । नेकपा एमाले केन्द्रिय समिति बैठक आजवाट सुरु हुदैँछ । 

गत मंशिर ४ गते सम्पन्न निर्वाचन पछि पहिलो पटक केन्द्रिय समिति बैठक बस्न लागेको हो । बैठक च्यासलस्थित केन्द्रिय कार्यालयमा बस्नेछ ।

‘यसअघि झापामा गर्ने तय भएको केन्द्रीय कमिटीको बैठक संसदीय काममा केन्द्रित हुनुपर्ने भएकाले २८–३० बैशाख, २०८० मा केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्ने निर्णय भएको हो,’ प्रचार बिभाग उपप्रमुख बिष्णु रिजालले जानकारी दिए ।

गत २६ बैशाखमा बसेको सचिवालय बैठकले निर्वाचनको समिक्षा, ग्रास रुट अभियानको समिक्षा, भावी नीति तथा कार्यक्रमलगायतका कम्तिमा १० वटा बिषयमा छलफल गर्नका लागि अजेन्डा तय गरेको थियो ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ