झापा, २९ कात्तिक
बिर्तामोड नगरपालिका-५ बस्ने राजु बंशलको सोही ठाउँ मुक्ति चोकस्थित रहेको बंशल रेडिमेट सेन्टरमा मंगलबार बिहान आगलागी हुँदा रेडिमेट सेन्टरको सम्पूर्ण सामान जलेर करिब ५ करोड रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । आगलागी भएको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले बिर्तामोड नगरपालिका, मेची नगरपालिका, कमल गाउँपालिका र भद्रपुर नगरपालिका गरी ४ वटा दमकल र स्थानीय बासिन्दाहरूको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
.png)