पाँचथर- जनसेवा समाजको समन्वयमा अपाङ्गता भएका दुई परिवारलाई बंगुर र न्यानो कपडा बितरण गरिएको छ । पाँचथरको फिदिम नगपालिका-७ रानीटारका दुई अपाङ्गता भएका परिवालाई बंगुरको पाठी र न्यानो कपडा वितरण गरिएको हो । विपन्न तथा अपाङ्ग दुई परिवारका एक-एक जना सदस्यालाई समाजले बंगुरको पाठी र जाडोमा लगाउने न्यानो कपडा वितरण गरेको हो ।
समाजका सल्लाहकार हर्क नेम्बाङ मिक्सोको आर्थिक सहयोगमा अपाङ्ग अभिषेक तुम्बापोका लागि एउटा बंगुको पाठी र जेन्स लिम्बूलाई दुई वटा बंगुरको पाठी वितरण गरिएको थियो । बिपन्न समुदायका नागरिकको आयश्रोत बृद्धि गर्न बंगुरको पाठी वितरण गरिएको सहयोगदाता नेम्बाङले बताउनुभयो ।
जनसेवा समाज पाँचथरले स्थापनाको समयबाट विभिन्न व्यक्तिहरुको सहयोगमा हालसम्म पाँच हजार भन्दा धेरै विपन्न तथा अपाङ्ग नागरिकललाई सहयोग गरेको समाजका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
.png)