Comments Add Comment

सभामुखले दिए नेपाली क्रिकेट टोलीलाई बधाई, भन्छन– खेलाडीलाई राज्यले हेरोस्

काठमाडौं, १९ बैशाख । सभामुख देबराज घिमिरेले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

एसीसी प्रिमियम कप क्रिकेटमा युएईलाई पराजित गर्दै फाइनल खेल जितेकोमा नेपाली टोलीलाई सभामुख घिमिरेले बधाई दिएका हुन । 

‘नेपाल एसीसी प्रिमियम कप क्रिकेट जित्दै एसिया कपमा छनौट भएकोमा हार्दिक बधाई तथा शुभकामना,’ सभामुख घिमिरेले बधाई दिदै भनेका छन, ‘अभुतपुर्व जीतले नेपाल र नेपालीको शिर उचोा बनाएको छ भने नेपाली क्रिकेटको ब्याबसायीकरणमा थप सहयोाग हुने विश्वास लिएको छु । खेलाडीलाई राज्यको तर्फवाट थप सम्मान र सहयोग आवाश्यक रहेको तर्फ ध्यानाकर्षण गराउँदछु ।’ 

नेपालले आज संयुक्त अरब इमिरेटस (युएई)लाई ७ विकेटले हराएर फाइनल खेलमा जीत हासिल गरेको हो ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ